बैंकहरुले नयाँ भर्ना लिएको कार्मचारीलाई सुरुको महिनामै २ हप्ते तालिम दिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज बैंकहरुलाई निर्देशन जारी गर्दै भर्ना लिएको १ महिनाभित्र २ हप्ताको तालिम अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ।
आज बैंकहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तीमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ।’
240
Shares
प्रतिक्रिया