बैंक तथा वित्तीय संस्थाहरुले खराब कर्जा नियन्त्रण गरेको देखिएको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको हो।
कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान थियो।
सोही कारण नेपाल राष्ट्र बैंकले लगातार दुई वर्षको मौद्रिक नीतिमा कोराना प्रभावितहरुलाई पुनर्कर्जा, कर्जाको पुनर्संरचनाजस्ता सुविधाहरु प्रदान गरेको थियो।
तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले भने त्यसलाई हटाइदिएको छ।
असार मसान्तसम्मको विवरणले राष्ट्र बैंकको सुविधाको कारण खराब कर्जालाई नियन्त्रणमा राखेको देखिएको हो।
सामान्य अवस्थामा नाघेको ३ महिनापछि पनि ऋणीले बैंकबाट लिएको सावाँ, ब्याज तथा शुल्कसहित भुक्तानी उठ्न नसके त्यो कर्जा खराब कर्जाको रुपमा गणना हुन्छ।
त्यसका अलावा कर्जा लिने व्यक्ति वा संस्था टाट पल्टिएमा, हराएमा, कर्जा दुरुपयोग भएमा, लिलामी प्रक्रिया सुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रियाअन्तर्गत अदालतमा मुद्दा चलिरहेको, लक्षित व्यवसाय वा परियोजना सञ्चालन नभएको लगायतका अवस्थामा सम्बद्ध ऋणीले लिएको रकम खराब कर्जाको रुपमा गणना हुने व्यवस्था छ।
राष्ट्र बैंकको कोरोना प्रभावितलाई दिएको सुविधा खोसेपछि अब भने बैंकहरुलाई खराब कर्जा नियन्त्रणमा राख्नुपर्ने चुनौती देखिएको छ।
कुन वाणिज्य बैंकको कति छ खराब कर्जा?
- राष्ट्रिय वाणिज्य बैंक : २ प्रतिशत
- एनएमबी बैंक : १.३३ प्रतिशत
- एनसीसी बैंक : १.९३ प्रतिशत
- नेपाल एसबीआई बैंक : ०.१५ प्रतिशत
- सेन्चुरी कमर्सियल बैंक : १.५९ प्रतिशत
- नबिल बैंक : १.५४ प्रतिशत
- कृषि विकास बैंक : १.६८ प्रतिशत
- सिद्धार्थ बैंक : १.०३ प्रतिशत
- प्राइम बैंक : १.४० प्रतिशत
- हिमालयन बैंक : ०.७७ प्रतिशत
- कुमारी बैंक : ०.९६ प्रतिशत
- एभरेष्ट बैंक : ०.२४ प्रतिशत
- स्ट्यान्डर्ड चार्टर्ड बैंक : ०.५९ प्रतिशत
- इभेष्टमेन्ट बैंक : १.४७ प्रतिशत
- सनराइज बैंक : १.४० प्रतिशत
- लक्ष्मी बैंक : ०.८९ प्रतिशत
- प्रभु बैंक : १.२० प्रतिशत
- सानिमा बैंक : ०.३५ प्रतिशत
- माछापुच्छ्रे बैंक : ०.८४ प्रतिशत
- सिटिजन्स बैंक : १.८७ प्रतिशत
- ग्लोबल आईएमई बैंक : १.२२ प्रतिशत
- एनआईसी एसिया बैंक : ०.४९ प्रतिशत
- मेगा बैंक : ०.७४ प्रतिशत
- सिभिल बैंक : १.०८ प्रतिशत
- बैंक अफ काठमाण्डूको : १.१८ प्रतिशत
- नेपाल बैंक : १.९० प्रतिशत
Shares
प्रतिक्रिया