नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक सेयरधनी राजेन्द्र खेतानलाई १० लाख रुपैयाँ जरिवाना गराएको छ।
खेतान लक्ष्मी सनराइजमा १ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनी हुन्।
उनले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गराई उपयोग गरेका थिए।
राष्ट्र बैंकका अनुसार उक्त कर्जाको ब्याजसमेत खेतनको खाताबाट ट्रान्सफर गराई भुक्तानी भएकाले कारबाही गरिएको हो। खेतानले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशक २०८० को इप्रा निर्देशन नं ६÷८० को बुँदा ८ (ख)मा भएको व्यवस्था उल्लंघन गरेका हुन्।
उनलाई राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ अनुसार १० लाख जरिवाना गरिएको हो।
राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई समेत यसबारे सचेत गराएको छ।
393
Shares
प्रतिक्रिया