राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको छ।
सर्टलिस्टमा पर्नेमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन्।
गत वैशाख ७ मा बैंकको सीईओको लागि प्रकाशित सूचनाअनुसार दरखास्त दिएकामध्ये यी ५ जनाले शैक्षिक योग्यता, कार्यानुभव व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेका थिए।
उनीहरू २० जना आवेदकमध्येबाट छानिएका छन्।
अब उक्त उपसमितिले ५ जनाको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिनेछ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही जेठ ९ गते बैंकको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने बताइएको छ।
414
Shares
प्रतिक्रिया