ad ad

कारोबार


बैंकहरू भन्नथाले- खाताको दुरुपयोग बढ्यो, अरुलाई प्रयोग गर्न नदिऔँ

बैंकहरू भन्नथाले- खाताको दुरुपयोग बढ्यो, अरुलाई प्रयोग गर्न नदिऔँ

नेपालखबर
साउन ३, २०८१ बिहिबार १४:४१, काठमाडौँ

विभिन्न बहानामा एउटाको खाता अरुले नै चलाउने र दुरुपयोग गर्ने क्रम बढेपछि बैंकहरुले ग्राहकलाई त्यसो नगर्न आग्रह गरेका छन्। 

बिहीबार सिटिजन्स बैंक र नेपाल बैंकले सामाजिक सञ्जालबाट वित्तीय आपराधिक गतिविधि बढेको भन्दै सचेत हुन आग्रह गरेका हुन्। 

नेपाल बैंकले बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटो, इमेल तथा लिंकहरु प्रयोग गरी कर्जा स्वीकृत गरिएको तथा चिठ्ठा परेको भन्दै ठगी भइरहेको उल्लेख गरेको छ।

बैंकले यस्ता ठगीमा परेको उजुरी बढेपछि सजग हुन ग्राहकलाई आग्रह गरेको छ। बैंकले ओटीपी, पिनकोडलगायतका पासवर्डहरु बैंकले नमाग्ने हुँदा यस्ता गोप्य सूचना अरुलाई उपलब्ध नगराउन भनेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .