ad ad

कारोबार


१६ बैंकले दिन सक्छन् यसपालि लगानीकर्तालाई लाभांश, एभरेस्टसँग २९ प्रतिशतमाथिको क्षमता

१६ बैंकले दिन सक्छन् यसपालि लगानीकर्तालाई लाभांश, एभरेस्टसँग २९ प्रतिशतमाथिको क्षमता

नेपालखबर
साउन २१, २०८१ सोमबार १५:५, काठमाडौँ

वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार भएसँगै सेयरधनीहरुलाई दिनसक्ने वितरणयोग्य नाफामा पनि उल्लेख्य वृद्धि भएको छ। 

योसँगै १६ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई अधिकतम करिब ३० प्रतिशतसम्म लाभांश दिनसक्ने देखिएको छ। 

बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा बैंकले लाभांश दिने क्षमता राख्दा ४ वटा बैंकले यस पटक लाभांश दिन नसक्ने भएका छन्। 

यस पटक सबैभन्दा धेरै लाभांश एभरेस्ट बैंकले दिन सक्नेछ। एभरेष्ट बैंकसँग गत वर्षको नाफाबाट २९.८६ प्रतिशत लाभांश दिनसक्ने क्षमता छ। 

योबाहेक नबिल बैंकको १४.२६ प्रतिशत, सानिमा बैंकको १०.४ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको २६.५ प्रतिशत, कृषि विकास बैंकको १७.३७ प्रतिशत, नेपाल एसबीआई बैंकको ११ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.५५ प्रतिशत, नेपाल बैंकको ५.२४ प्रतिशत लाभांश वितरण क्षमता छ। 

यस्तै प्रभु बैंकले ५.२ प्रतिशत लाभांश क्षमता राख्दा प्राइम कमर्सियल बैंकको ६.१८ प्रतिशतसम्म छ। योबाहेक सिटिजन्स बैंकले नाफाबाट ४.३४ प्रतिशत लाभांश दिने क्षमता राख्दा माछापुच्छ्रे बैंकले ४.०१ प्रतिशत क्षमता राख्छ। 

यस्तै ग्लोबल आइएई बैंकले पनि गत आवको नाफाबाट सेयरधनीहरुलाई ३.०६ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ भने राष्ट्रिय वाणिज्य बैंकले ३.७२ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ। 

सिद्धार्थ बैंकले २.६ प्रतिशत लाभांश दिने क्षमता राख्दा एनएमबी बैंकले १.३ प्रतिशत लाभांश दिने क्षमताा राख्नेछ। 

गत वर्षको नाफाबाट एनआईसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले भने लाभांश दिन सक्नेछैनन्। 

यी चार कम्पनीको नाफा ऋणात्मक भएकै कारण यी कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्नेछैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .