ad ad

कारोबार


बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै

बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै

नेपालखबर
साउन २३, २०८१ बुधबार १२:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले सूचना जारी गर्दै निक्षेप बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो। 

राष्ट्र बैंकले निक्षेप संकलन नामक उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो।

यसमा बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग अधिक रहेको रकम बैंकको नियमअनुसार निक्षेपमा राख्न सक्नेछन् भने त्यसको ब्याज पनि बैंक तथा वित्तीय संस्थाहरुले पाउनेछन्। 

राष्ट्र बैंकले साउन आज ३ बजेसम्म बोलकबोलमा सहभागी हुन भनेको छ। 

बैंकले साउन २३ देखि भदौ १२ गतेसम्म हुने गरी २१ दिने निक्षेप सुविधा ल्याएको हो।

बैंक तथा वित्तीय संस्थाले निक्षेप राख्नका लागि बोलकबोलमा सहभागी हुँदा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने रकम आह्वान गर्न सक्नेछन्। 

बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्नेहरुबाट ब्याजदर निर्धारण गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .