ad ad

कारोबार


राष्ट्र बैंकद्वारा विदेशी अडिटरबाट वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने प्रक्रिया रद्द

राष्ट्र बैंकद्वारा विदेशी अडिटरबाट वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने प्रक्रिया रद्द

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १२:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० वाणिज्य बैंकहरुको लोनपोर्टफोलियो रिभ्यु  गर्ने प्रक्रिया रद्द गरेको छ। 

राष्ट्र बैंकले यसअघि लेखापरीक्षणका लागि ५ विदेशी अडिट कम्पनीहरु छनौट गरेकोमा त्यसमा प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो। 

बैंकले उक्त कम्पनीको आर्थिक प्रस्ताव खारेज गरेपछि यो प्रक्रिया रद्द भएको हो। 

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ३६ उपदफा (१) ख मा रहेर उक्त प्रक्रिया खारेज गरेको जनाएको छ।

उक्त उपदफामा लागत अनुमान र उपलब्ध बजेटभन्दा छनोट भएको प्रस्तावदाताको लागत सारभूतरूपमा बढी भएमा सार्वजनिक निकायले सम्पूर्ण प्रस्ताव अस्वीकृत गर्न वा खरिद कारबाही रद्द गर्न सक्ने व्यवस्था छ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमफ) ले यसअघि नेपालका बैंकहरूको कर्जा गुणस्तरलाई लिएर प्रश्न उठाएपछि राष्ट्र बैंकले स्वतन्त्र लेखापरीक्षणबाट १० वाणिज्य बैंकहरूको कर्जाको लेखापरीक्षण गर्ने योजनाअनुसार विदेशी अडिटरसँग प्रस्ताव आह्वान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .