ad ad

कारोबार


बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले धमाधम अर्बौँ रकम तान्दै, बुधबार पनि २५ अर्ब खिच्ने

बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले धमाधम अर्बौँ रकम तान्दै, बुधबार पनि २५ अर्ब खिच्ने

नेपालखबर
असोज २, २०८१ बुधबार ११:३५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जायोग्य लगानीबापतको रकम धेरै भएपछि राष्ट्रबैंकले धमाधम तरलता प्रशोचन गर्न थालेको छ।

तीन दिनअगाडि ५० अर्ब खिचेको राष्ट्र बैंकले बुधबार फेरि २५ अर्ब रुपैयाँ खिच्ने भएको हो। 

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि बैंकहरुलाई निक्षेपमा लगानी गर्न आह्वान गरेको छ।

लगानी गर्न इच्छुक बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसहित राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ। 

निक्षेपमा लगानी गर्न चाहने बैंकले असोज २ गते ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले दिन पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .