लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ।
नेप्सअन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक हो। यो सेवा नेप्स र भिसाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको बैंकले जनाएको छ।
सेवा सञ्चालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्।
ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ति ग्राहकमार्फत भुक्तानी लिन सजिलो माध्यम हुनसक्नेछ।
उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सकिनेछ। उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
यो सुविधाले देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको छ।
बैंकका देशभर २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैंकिङ र ५ हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट छन्।
Shares
प्रतिक्रिया