चर्चित ब्रान्ड सीजीले यही फागुन १४ मा सौराहस्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा सीजीले पोखरा, बुटवल र नारायणघाटसम्मका सम्पूर्ण डिलरहरु उपस्थित थिए।
कार्यक्रममा सीजीका भाइस प्रेसिडेन्ट एससी साबु, बीयु एच धर्मेन्द्र जोशीले कार्यक्रम प्रारम्भ गरेका थिए। सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे।
कार्यक्रममा ७० जनाभन्दा बढी डिलर उपस्थित भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा चौधरी ग्रुपलगायत सीजी ब्रान्डका कर्पोरेट भिडियो देखाई कम्पनी र ब्रान्डबारे जानकारी दिइएको थियो। साथै विभिन्न क्षेत्रका डिलरहरुलाई विभिन्न अवार्डहरु वितरण गरी हौसला पनि प्रदान गरिएको थियो।
क्रार्यक्रममा सीजी ब्रान्डले यू.एच.डी.र क्युलेड सेगमेन्टमा नयाँ गुगल टिभी लन्च गरिएको थियो।
आगामी दिनमा अझै राम्रा राम्रा सामानहरु र आकर्षक योजनाहरु पनि ल्याउने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया