प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका १५ स्थित नयाँगाउँमा ३०२औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन्।
बैंकको नयाँगाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।
45
Shares
प्रतिक्रिया