नेपालको एनएमबी बैंक लिमिटेड परम्परागत इन्धनको प्रयोग नगर्ने सम्झौतामा जोडिएको छ।
बैंकले फोसिल फ्युल ननप्रलिफरेसन ट्रिटी इनिसिएटिभलाई आत्मसात् गरेको ग्लोबल अलायन्स फर ब्यान्किङ अन भ्यालुज (जीएबीभी)को १७ बैंकहरुको समूहसँग आबद्ध भएको हो।
यो इनिसिएटिभ अन्तर्राष्ट्रिय सहकार्यबाट सबैका लागि नवीकरणीय ऊर्जामा रुपान्तरणलाई जोड दिन जलवायुसम्बन्धी पेरिस सम्झौताले अघि सारेका लक्ष्य पूरा गर्न अघि सारिएको पहल हो।
यसले परम्परागत (जीवाश्म) इन्धन उत्पादन र प्रयोग अन्त्यलाई जोड दिन्छ। यसले पेट्रोलियम, कोइलाको उत्पादन नै जलवायु संकटको मूल कारण भएकाले त्यसविरुद्ध नवीकरणीय ऊर्जामा लाग्न प्रतिबद्धता जाहेर गर्छ।
एनएमबी बैंकका प्रमुख कार्यकारी सुनिल केसीले शून्य कार्बन उत्सर्जनमा सहयोग गर्ने भएकाले बैंकले पनि प्रतिबद्धता जाहेर गरेको बताए।
24
Shares
प्रतिक्रिया