नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ।
‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त सनस्क्रिन सार्वजनिक भएको हो।
सौन्दर्य ब्रान्ड ल्याक्मेले आफ्नो सनस्क्रिनको लन्च गरेको हो।
युनिलिभर नेपालअन्तर्गत रहेको ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको २ नयाँ प्रकार–एसपीएफ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ।
नेपालमै बनेका यी उत्पादनहरू नजिकका स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यी उत्पादनहरुले यूभीए (सौर्यविकीरण)विरुद्ध सुरक्षा प्रदान गर्ने र यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने कम्पनीको दाबी छ।
सबै छालाका प्रकारहरूका लागि यो सनस्क्रिन उपयुक्त रहेको पनि कम्पनीले दाबी गरेको छ।
99
Shares
प्रतिक्रिया