आवास फर्निचरले काठमाडौंमा उद्योग सञ्चालन गरेको छ। रुपन्देहीमा उद्योग सञ्चालन गरिरहेको कम्पनीले काठमाडौंमा पनि उद्योग खोलेको हो।
घरायसी प्रयोजनसंगै व्यवसायीक प्रयोजनकोलागि प्रयोग गर्ने फर्निचर आवासले बनाउँदै आएको छ।
‘रुपन्देहीमा फर्निचर बनाएर काठमाडौं उपत्यकामा ढुवानी गर्दा बढी खर्च लाग्ने भएकाले नैकापमा उद्योग सुरु गरेका हौं,’ सञ्चालन महेश थैवले भने,‘अहिले जग्गा लिएर फर्निचर बनाउन थालिसकेका छौँ। केही समयभित्रै पूर्णरुपमा उद्योग सञ्चालन हुन्छ।’
उद्योग सञ्चालनकोलागि नैकापमा आफ्नो जग्गासंगै भाडामा लिएको छ। अहिले अर्डर गरेका ठाउँमा डेलिभरी गरेको बताए। फर्निचरका रिटेल विक्रेतालाई आफ्ना उत्पादन दिने गरेको छ।
आवास ब्रान्डमा फर्निचर बनाइरहेको छ। अब यति ब्रान्डमा समेत विभिन्न फर्निचर बनाउने बताएको छ।
नेपालमा भित्रने चिनियाँ फर्निचरलाई प्रतिस्थापन गर्न उद्योग विस्तार गरेको बताए।
‘अहिले चिनियाँ बजारको १५–१६ प्रतिशत बजार हिस्सा लिन सके मात्रैपनि राम्रो अम्दानीसंगै नेपाली व्यवसायीलाई सहज हुन्छ,’ थैवले भने,‘अफिसका लागि चाहिने टेवल तथा कुर्सी, साना होटलदेखि तारे होटलमा प्रयोग हुने आधुनिक फर्निचर हामी उपलब्ध गराउँछौँ।’
Shares
प्रतिक्रिया