ad ad

कारोबार


इसेवा मनी ट्रान्सफर पाँचौँ वर्षमा, काठमाडौंमा घर जित्ने अफरलाई निरन्तरता

इसेवा मनी ट्रान्सफर पाँचौँ वर्षमा, काठमाडौंमा घर जित्ने अफरलाई निरन्तरता

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:११, काठमाडौँ

इसेवा मनी ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश गरेको छ। वैशाख ३० कै दिन चार वर्षअघि कम्पनी एफवान सफ्टग्रुपअन्तर्गत स्थापना भएको थियो। 

कम्पनीले सञ्चालनको ४ वर्ष पूरा गरेको हो। कम्पनीले हाल संसारका २ सयभन्दा बढी मुलुकबाट ४५ बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनजाएको छ। 

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु, १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट,साथै इसेवा वालेटबाट सहजै  उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्। 

कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्र्याउन एक महत्वपूर्ण योगदान पुर्याएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा उत्साहित रहेको बताए। 

डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो वर्ष पनि कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको जनाएको छ। यसमा एक जना भाग्यशाली विजेताले काठमाडौँमा नयाँ घर जित्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .