भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ।
मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीले पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममा यससम्बन्धी सम्झौता भएको हो।
चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए।
कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यंग्य क्षेत्रमा छोटो समयमै लोकप्रिय कलाकार बनेका छन्।
117
Shares
प्रतिक्रिया