हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरेको छ।
उक्त शाखा स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट जेठ २० देखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्न सुरु गरेको हो।
बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बंैकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका थिए।
हाल बैंकले नेपालभर फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ।
102
Shares
प्रतिक्रिया