ad ad

कारोबार


सीजीका नयाँ मोडलका फ्यान बजारमा

सीजीका नयाँ मोडलका फ्यान बजारमा

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:३१, काठमाडौँ

चौधरी ग्रुपअन्तर्गत सीजी ब्रान्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दै पहिलोपटक बीएलडीसी सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ।

बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्ने कम्पनीको दाबी छ। 

कम आवाजमा सञ्चालन हुने प्रविधि उक्त फ्यानमा रहेको सीजीले बताएको छ। 

उक्त सिलिङ्ग फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बीएलडीसी टेक्नेलोजी छ। साथै रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको कम्पनीको दाबी छ।  

बिजुलीको भोल्टअनुसार घुम्न सक्ने फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरुमार्फत वितरण गदै आइरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .