ad ad

कारोबार


ग्लोबल आईएमई बैंक डिल्लीबजार शाखाले गर्‍यो वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंक डिल्लीबजार शाखाले गर्‍यो वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:४७, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ। 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं. २९ का अध्यक्ष  कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको बैंकले जनाएको छ। 

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए।

डिल्लीबजार शाखा प्रबन्धक श्रुति हाडाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको बैंकले उल्लेख गरेको छ। 

ग्लोबल आईएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो। यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी महानुभावहरुलाई उत्कृष्ट बैंकिङ् प्रदान गर्दै आइरहेको छ। 

वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखाहरुमार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .