ad ad

कारोबार


भि-चित्रलाई भारतमा २ स्वर्ण र १ रजत

भि-चित्रलाई भारतमा २ स्वर्ण र १ रजत

नेपालखबर
साउन १६, २०८१ बुधबार १२:२९, काठमाडौँ

नेपाली विज्ञापन एजेन्सी भि-चित्रले भारतमा प्रतिष्ठित पुरस्कार हात पारेको छ। 

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले हालै भारतमा आयोजना गरेको फ्लेम अवार्ड समारोहमा नेपालको विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कार पाएको हो। 

भि-चित्रले लोकप्रिय नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धीको ब्राण्ड ‘लिभोन’को लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो।

यसका साथै भि-चित्रले लिभोन प्रोफेसनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .