ad ad

कारोबार


कुमारी बैंकका ग्राहकले काठमाडौं नेत्रालय आईकेयरमा छुट पाउने

कुमारी बैंकका ग्राहकले काठमाडौं नेत्रालय आईकेयरमा छुट पाउने

नेपालखबर
भदौ १९, २०८१ बुधबार १८:८, काठमाडौँ

कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार उक्त आई केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .