ad ad

कारोबार


एनएमबी खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

एनएमबी खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

नेपालखबर
असोज ७, २०८१ सोमबार १२:६, काठमाडौँ

एनएमबी बैंक लिमिटेड, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबी डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

एनएमबी बैंक र डीभी एक्सेलस प्रालिबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो। 

यसअनुसार बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई यस डिजिटल कर्जामार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकहरुको आर्थिक अवस्था वृद्धि गर्नको लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयहरुमा सहमति भएको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृतलगायत अन्य अधिकृतहरुको समेत उपस्थिति थियो।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबी खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ। 
एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .