एनएमबी बैंकले ‘नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’को घोषणा गरेको छ।
भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गरिएको हो।
बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ।
विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्वशैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ। यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु भएको बैंकले जनाएको छ।
विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य एनएमबी बैंकले लिएको छ।
Shares
प्रतिक्रिया