आजदेखि सुरु भएको दक्षिण कोरियाको भाषा परीक्षा सम्पन्न गर्न ११ महिना लाग्ने भएको छ।
वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार आज (फागुन ७ गते) बाट सुरु भएको भाषा परीक्षा पुस २ गतेसम्म सञ्चालन हुने भएको हो।
दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्र तर्फको भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन भरेका छन्। ती मध्ये तीन चरणमा परीक्षा सञ्चालन हुनेछ। पहिलो चरणमा ४७ हजार ५१९ जनाले परीक्षा दिने छन्। उनीहरुको परीक्षा फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालन हुनेछ।
दोस्रो चरणमा ७९ हजार ९३७ जनाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा दिनेछन्। अन्तिम चरणमा ३६ हजार १७९ जनाको परीक्षा हुनेछ। उनीहरुका लागि २०८१ कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म परीक्षा सञ्चालन गर्ने ईपीएस कार्यालयको तालिका रहेको छ।
परीक्षा एचआरडी कोरिया शाखाको प्रत्यक्ष निगरानीमा दैनिक ५ सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा २ सय जनाका दरले सहभागी हुनेछन।
भैंसेपाटीस्थित पीबीटी बिल्डिङमा हुने परीक्षाका लागि निर्धाण समयभन्दा एक घण्टा पहिल्यै पुगिसक्नुपर्नेछ।
Shares
प्रतिक्रिया