नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ८३ पैसा र बिक्री दर ९१ रुपैयाँ २४ पैसा पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ २७ पैसा तथा बिक्री दर १४० रुपैयाँ ९० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ४२ पैसा र बिक्री दर १६० रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
204
Shares
प्रतिक्रिया