भक्तपुरकी चर्चित ब्युटिसियन राधिका थापामगर श्रेष्ठले आफ्नो ब्युटीपार्लर ‘एसआर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर’को दोस्रो शाखा भक्तपुरको सल्लाघारी स्थित कटुन्जे जाने सडकमा सञ्चालनमा ल्याएकी छिन्।
उनको यो नयाँ ब्युटिपार्लर एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको बिहीबार बरिष्ट ब्युटिसियन तथा रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजित, अग्रज ब्युटिसियन रुस्का श्रेष्ठ वैध, ब्युटिसियन पुनम श्रेष्ठले रिवन काटेर संयुक्त उद्घाटन गरे ।
उद्घाटन समारोहमा त्यसपछि वरिष्ठ ब्युटिसियन सोनी कारंजित र रुस्का श्रेष्ठ वैधले पानसमा बत्ती बालेर सो पार्लरको शुभारम्भ गरे।
विगत ११ वर्षदेखि ब्युटिसियन पेशामा निरन्तर सक्रिय राधिका भक्तपुर क्षेत्रकी सफल र चर्चित ब्युटिसियन हुन्। सल्लाघारी चौकमा उनले यसअघि एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालन गरेर त्यहाँका ग्रहकहरुको मन जित्दै आएकी थिइन्।
सोही सफलतापश्चात् अहिलेको नयाँ ब्युटिपार्लर निकै सुविधा सम्पन्न र सबै आधुनिक सेवाहरु समावेश गरेर स्थापना गरेको पनि उनले बताइन्।
सो समारोहमा बोल्दै वरिष्ठ ब्युटिसियन सोनी कारँजितले एक दशकभन्दा लामो समयदेखि ब्युटिसियन पेशामा सक्रिय राधिकाले समयअनुसार आफुलाई परिमार्जन गर्दै सल्लाघारी क्षेत्रमा उत्कृष्ट सेवा दिन सफल भएको बताइन्। उनलाई नयाँ पार्लरको अझ धेरै सफलताको शुभकामना पनि वरिष्ठ ब्युटिसियन सोनीले व्यक्त गरिन्।
यस्तै अर्की अग्रज ब्युटिसियन रुस्का बैध श्रेष्ठले पनि राधिकालाई नयाँ पार्लर दोश्रो ब्रान्च स्थापनाको शुभकामना दिँदै आफ्ना कैयौं विधार्थीहरुमा राधिकाले अत्यन्त राम्रो प्रगति गरेको बताइन्।
अहिलेको सबै सुविधा राधिकाको एस आर पार्लरमा भएकाले सबैलाई त्यहाँ गरेर ब्युटीसम्बन्धी सेवा लिन आग्रह गरिन्। जिल्ला विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले पनि राधिकालाई नयाँ पार्लरको सफलताको शुभकामना दिए।
सो उद्घाटन कार्यक्रममा अग्रज ब्युटिसियन कमला सिग्देल, रचना शाक्य, रिना अवाले, पत्रकार सूर्य चन्द, एनफाका उपाध्यक्ष सुन्दर थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारतीलगायतले पनि राधिकालाई बधाई दिँदै सो पार्लरको सफलताको शुभकामना दिए।
उद्घाटन समारोहमा केक काटेर सेलिब्रेसन गरिएको थियो।
अहिलेको हेयर केयर, हेयर कटिङ, कलरिङ, स्ट्रेटिङ, केराटिन ट्रिटमेन्ट सहित फेसियल, नेल आर्ट, मेनी केयर, पेडी केयर, डिप्लोमासम्म ब्युटीसम्बन्धी सम्पूर्ण कोर्षको प्रशिक्षणलगायत सम्पूर्ण हेयर र स्किन केयरसम्बन्धी सुविधा आफ्नो पार्लरमा रहेको पनि राधिकाले सो क्रममा बताइन्।
Shares
प्रतिक्रिया