हिन्डनबर्ग अनुसन्धान मामिलामा पुनः अनुसन्धानको प्रश्नमा सर्वोच्च अदालतको निर्णयपछि अदानी समूहको बजार पुँजीकरण बुधबार बढेर १५.११ लाख करोड भारतीय रुपैयाँ पुगेको छ। यसअघि १४.४७ लाख करोड भारतीय रुपैयाँ थियो।
यससँगै गौतम अदानीको परिवारको सम्पत्ति मुकेश अम्बानीको सम्पत्तिभन्दा बढी भएको छ। यसरी उनी भारतको सबैभन्दा धनी प्रमोटर बनेका छन्।
अदानी समूहमा अदानी परिवारको कूल सम्पत्ति बढेर ९.३७ लाख करोड रुपैयाँ पुगेको छ। बुधबार यो सम्पत्ति ८.९८ लाख करोड रुपैयाँ थियो। यसको उता मुकेश अम्बानीको परिवारको कूल सम्पत्ति ९.२८ लाख करोड रुपैयाँ छ।
भारतीय सर्वोच्च अदालतले बुधबार गरेको फैसलापछि अदानी समूहका कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो।
सर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चले गत वर्ष आफ्नो प्रतिवेदनमा अदानी समूहलाई सेयरमा अनियमितता र लेखामा हेरफेर गरेको आरोप लगाएको थियो।
यसपछि अदानी समूहको सेयरमा भारी गिरावट आएको थियो। जसका कारण उक्त समूहको सम्पत्ति झण्डै आधाले घटेको थियो।
Shares
प्रतिक्रिया