नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ ९३ हजार २ सय रुपैयाँ पुगेको छ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १११५ रुपैयाँमा कारोबार भइरहेको छ।
144
Shares
प्रतिक्रिया