नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।
255
Shares
प्रतिक्रिया