नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा आइपुगेको छ।
बिहीबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ।
129
Shares
प्रतिक्रिया