नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा पुगेको छ।
बिहीबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।
147
Shares
प्रतिक्रिया