नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख दुई सय रुपैयाँमा झरेको छ।
तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।
33
Shares
प्रतिक्रिया