सुनको मूल्य आज ह्वात्तै आकाशिएको छ। बिहीबार तोलामै सुन २ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी पनि १ हजार ४ सय ५५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको महासंघको भनाइ छ।
अघिल्लो दिन छापावाल सुन १ लाख १६ हजार, तेजाबी १ लाख १५ हजार ४ सय ५० र चाँदी १ हजार ४ सय प्रतितोला मूल्यमा कारोबार भएको थियो।
96
Shares
प्रतिक्रिया