नेपालमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
सुन तोलामा ७ सय रुपैयाँ र चाँदी ५ रुपैयाँ सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख १८ हजार ८ सय र तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १९ हजार ५ सय र १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएका थिए।
यता चाँदी पनि आज सस्तो भएको छ। तोलामा ५ रुपैयाँ घटेको चाँदीको मूल्य आज १ हजार ४ सय १५ रुपैयाँ छ।
उता अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस २ हजार ३१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
87
Shares
प्रतिक्रिया