सुनको मूल्य फेरि तोलामा २ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको हो।
बिहीबार चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। आज चाँदी १ हजार ४ सय १० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
यता अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको भाउ बढेको छ। प्रतिऔँस ६.८१ अमेरिकी डलरले बढेको सुनको मूल्य २ हजार ३३ अमेरिकी डलर पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन्।
75
Shares
प्रतिक्रिया