सुनको मूल्यमा आज कुनै परिवर्तन भएको छैन।
बिहीबार १ लाख १८ हजार प्रतितोला मूल्यमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो। तेजाबी सुन पनि आज १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्यमा पनि कुनै परिवर्तन नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी तोलामा १ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २०२२ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
3
Shares
प्रतिक्रिया