सुनको मूल्य ह्वात्तै उकालो लागेको छ।
पछिल्लो १० दिनयता लगातार सुनको मूल्य बढेको हो।
गत १७ गते १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन २७ गते आइपुग्दा १ लाख २६ हजार रुपैयाँ पुगेको छ।
आइतबार छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुन १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी पनि बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
शुक्रबार छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदी १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
आइतबारको सुनको मूल्य हालसम्मकै उच्च हो।
1.1k
Shares
प्रतिक्रिया