सुनको मूल्य मंगलबार बढेको छ।
सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ६ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख २४ हजार ५ सय र तेजाबी सुन १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको छ।
उता, अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार १ सय ५८ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
546
Shares
प्रतिक्रिया