सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको हो।
बिहीबार १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ हजार १ सय रुपैयाँले बढेको हो।
योसँगै छापावाल सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। योसँगै चाँदी १ हजार ५ सय २५ रुपैयाँ पुगेको छ।
उता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २२ सय अमेरिकी डलर नाघेको छ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार विश्वबजारमा २ हजार २ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। जुन सुनको मूल्यमा बनेको नयाँ कीर्तिमान हो।
3.5k
Shares
प्रतिक्रिया