सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
अघिल्लो दिन स्थिर रहेको सुन प्रतितोला २ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार छापावाल सुन १ लाख ३५ हजार ६ सय र तेजाबी सुन १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ६ सय ६० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३ सय १२ र चाँदी २६.९७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
1.0k
Shares
प्रतिक्रिया