सुनको मूल्य फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
योसँगै आज छापावाल सुन १ लाख ४२ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस २ हजार ३२४ अमेरिकी डलर र चाँदी २९.६२ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
87
Shares
प्रतिक्रिया