सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँ बढेको हो।
योसँगै सुनको मूल्य डेढ लाख प्रतितोलातिर नजिकिँदै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४७ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४६ हजार ९ सय, तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने घटेको छ। १० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन २ हजार ४ सय ३१ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
5.6k
Shares
प्रतिक्रिया