ad ad

कारोबार


तोलामै २ हजार रुपैयाँले बढ्यो सुन, कति पुग्यो मूल्य?

तोलामै २ हजार रुपैयाँले बढ्यो सुन, कति पुग्यो मूल्य?

नेपालखबर
साउन २, २०८१ बुधबार १२:८, काठमाडौँ

सुनको मूल्य आकाशिएको छ। पहेँलो धातुको मूल्य बुधबार तोलामै २ हजार रुपैयाँले बढेको हो। 

योसँगै छापावाल सुन आज १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ लाख ४९ हजार १ सय रुपैयाँ पुगेको छ। 

सुनको मूल्य आकाशिँदा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। योसँगै बुधबार चाँदी १ हजार ८ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

उता अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६२ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .