सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै आज तेजाबी सुन पनि १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ। चाँदी पनि ३० रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४९ हजार ५ सय, तेजाबी सुन १ लाख ४८ हजार ८ सय र चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
4.4k
Shares
प्रतिक्रिया