ad ad

कारोबार


फेरि १५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

फेरि १५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
साउन २५, २०८१ शुक्रबार ११:४९, काठमाडौँ

सुनको मूल्य फेरि बढेको छ। 

शुक्रबार सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको छ। 

त्यसैगरी चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। योसँगै चाँदी १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अघिल्लो दिन सुन १ लाख ४६ हजार ६ सय र चाँदी १ हजार ६ सय ९० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन आज २ हजार ४१७ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्य हाराहारीमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .