सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख ४८ हजार ७ सय र चाँदी १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।
आइतबार सुन १ लाख ४८ हजार ८ सय र चाँदी १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४३५ र चाँदी २७.६१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
588
Shares
प्रतिक्रिया