ad ad

कारोबार


३ हजारले बढेपछि सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, आज कति?

३ हजारले बढेपछि सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, आज कति?

नेपालखबर
भदौ २, २०८१ आइतबार ११:५२, काठमाडौँ

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३ हजारले बढेको हो। 

योसँगै आज १ लाख ५२ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँ पुगेको छ। 

शुक्रबार सुन १ लाख ४९ हजार ६ सय र चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔँस २ हजार ५ सय अमेरिकी डलर पार गरेको छ। यता चाँदी प्रतिऔँस २९ अमेरिकी डलर पुगेको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .