सुनको मूल्य आइतबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ५१२ र चाँदी २९.८३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
936
Shares
प्रतिक्रिया