सुनको मूल्यमा चार दिनयता कुनै घटबढ भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ गतेयता सुनको मूल्य स्थिर छ।
उक्त दिन सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सोही मूल्यमा कारोबार भइरहेको हो।
चाँदीको भने आज १० रुपैयाँले मूल्य बढेको छ। योसँगै बिहीबार चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९६ अमेरिकी डलर र चाँदी २८.२६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
135
Shares
प्रतिक्रिया